मिलेर गयौँ भने सबै जित्न सक्छौँ, लड्न थाल्यौँ भने हार्छौंः कांग्रेसका युवा नेता तिमिल्सिना

बर्दिया । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका पूर्व कार्यबाहक अध्यक्ष जन्मजय तिमिल्सिनाले शिक्षाले नै देशको विकास गर्नेभन्दै कांग्रेसकै उदार नीतिले शिक्षाले ब्यापकता पाएको बताएका छन् ।

गृहजिल्ला बर्दियाका विभिन्न विद्यालयहरूमा किताब राख्ने झोलासहितका शैक्षिक सामग्रीहरू वितरणका क्रममा युवा नेता तिमिल्सिनाले गाउँका बालबालिकालाई सहज रुपमा शिक्षामा पहुँच पुर्‍याउनु पर्ने बताए । उनले कांग्रेसले नै सबैले शिक्षा सहज रुपमा पाउनु भनेर विभिन्न समयमा निर्णयहरू गर्दै आएको स्मरण गरे ।

कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको अहिलेको सरकारले कोरोनाविरुद्धको खोपमा आफूलाई केन्द्रित गरेको भन्दै सबै जनतालाई खोप लगाइदिने बताए । उनले सरकारको यो अभियानले कोरोनाविरुद्धको अभियानमा सहयोग गर्नुपर्ने बताएका छन् ।

संगठन विभागका केन्द्रीय सदस्य समेत रहेका तिमिल्सिनाले पार्टीको १४औँ महाधिवेशनका विषयमा नेतृत्व गम्भीर रहेको बताए ।

उनले भने, ‘मैले पाएको जानकारी अनुसार शीर्ष नेताहरू १४औँ महाधिवेशन भदौभित्रै सम्पन्न गर्ने विषयमा चिन्तित हुनुहुन्छ । उहाँहरूलाई पनि चिन्ता छ । हामीले दवाव सिर्जना गर्ने हो । तर, सँगै सहयोग पनि गर्नुपर्छ ।’

युवा नेता तिमिल्सिनाले गालीगलौजको राजनीति गर्न नहुने बताए । ‘हामी मिलेर गयौँ भने सबै कुरा जित्न सक्छौँ’, उनले भने, ‘आफै लड्न थाल्यौँ भने हाम्रो पतन हामी आफैले गर्नेछौँ ।’

उनले पार्टी सभापति देउवा नेतृत्वको सरकारलाई सहयोग गर्न अपील पनि गरेका छन् ।

कांग्रेसका युवा नेता तिमिल्सिनाले झण्डै एक दर्जन सरकारी विद्यालयका विद्यार्थीलाई झोलासहितका शैक्षिक सामग्रीहरू विरतण गरेका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री डा.गोपाल दहित शैक्षिक सामग्रीहरू तिवरण कार्यक्रममा सहभागी थिए । बर्दिया कांग्रेसका नेताहरूको पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।

तिमिल्सिनाको संयोजनमा नेपाल अपाङ्ग पुनर्स्थापन समाजले शैक्षिक सामग्रीहरू वितरण गरेको छ ।

Published : Sunday, 2021 July 25, 11:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया