भक्तपुरमा प्रहरीलाई रड प्रहार खोज्ने पक्राउ

भक्तपुर । भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका–९ च्यामासिंहस्थित ड्यूटीमा खटिएको प्रहरीलाई रड प्रहार गर्न खोजेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

च्यामासिंह बस्ने सल्यान घर भएका २२ वर्षीय अजय राउतलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानामा महानगरीय प्रहरी वृत्त जगातीबाट ड्युटीमा खटिएका प्रहरीलाई अचानक रड प्रहार गर्न खोजे पश्चात उनलाई रडसहित प्रहरीले पक्राउ गरेको हो ।

Published : Saturday, 2021 July 24, 11:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया