१९ वर्षीया संगीतासहितको ग्याङको पर्दाफास

ईटहरी । सुनसरी जिल्लाको ईटहरी उप–महानगरपालिका–४ बस्ने २२ वर्षीय पुरुषलाई अपहरण गरी शरीर बन्धक बनाई कुटपिट समेत गरेको अभियोगमा ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ईटहरी उप–महानगरपालिका–७ बस्ने २५ वर्षीया संगीत थापा, १९ वर्षीय अनीष कार्की र सोही उप–महानगरपालिका– ८ बस्ने २३ वर्षीय सिद्धार्थ राई रहेका छन् ।

ईटहरी उप–महानगरपालिका–८ फूलबारी टोलको प्लटिङमा उनीहरूले ती पुरुषलाई कुटपिट गर्दै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले फेला पारी प्रहरीले पीडितको उद्दार गरेको थियो ।

थप अनुसन्धानको क्रममा ती पुरुषलाई उनीहरूले बिहीबार दिउँसो ईटहरी उपमहानगरपालिका–९ भोजपुरे टोलबाट जबरजस्ती गरी नम्बर नखुलेको सिटी सफारीमा राखी आँखामा पट्टी समेत बाँधेर संगीतको घरमा लगेर रातभर भाग्न उम्कन नदिई कोठाभित्र थुनी राखेको तथा शुक्रबार बिहान तीनै जनाले उक्त प्लटिङमा कुटपिट गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

उनीहरू उपर अपहरण तथा शरिर बन्धक सम्बन्धी कसूर मुद्दामा सुनसरी जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Published : Saturday, 2021 July 24, 11:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया