भण्डारीद्वारा गण्डकीमा यी ४ युवालाई तरुण विभागमा मनोनीत

काठमाडौं । नेपाली कांग्रेसको तरुण विभागका प्रमुख शंकर भण्डारीले तरुण विभागको गण्डकी प्रदेश सदस्यमा ४ जना युवाहरूलाई मनोनीत गरेका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री भण्डारीले चन्द्रकुमार घर्ती मगर, अञ्चल शाही, रेमबहादुर छन्त्याल र बेगबहादुर थापा मगरलाई गण्डकी प्रदेश सदस्यमा मनोनीत गरेका हुन् ।

कांग्रेसले आफ्नो संगठनलाई देशभरि विस्तार गरिरहेका बेला भण्डारीले गण्डकी प्रदेशका चार जना होनहार युवाहरूलाई विभागका मनोनीत गरेका छन् । भण्डारीले तरुण युवाहरूलाई कांग्रेसमा इमान्दारिताका साथ काम गर्न निर्देशन समेत दिएका छन् ।

Published : Friday, 2021 July 23, 10:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया