कांग्रेसका युवा नेता तिमिल्सिनाद्वारा गेरुवाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

गेरुवा । नेपाली कांग्रेसका युवा नेता एवम् संगठन विभागका केन्द्रीय सदस्य जन्मजय तिमिल्सिनाले बर्दिया जिल्लाको एउटा सरकारी विद्यालयमा किताब राख्ने ब्याग (झोला)सहित शैक्षिक सामग्रीहरू वितरण गरेका छन् ।

नेता तिमिल्सिनाले गेरुवा गाउँपालिका– ५ बिन्द्रास्थित सरस्वती प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ब्याग,
कलम, किताब र ज्यामेट्री बक्स वितरण गरेका हुन् । कांग्रेस नेता तिमिल्सिनाले झोलासहितका शैक्षिक सामग्री दिएपछि विद्यार्थी खुसी भएका छन् ।

विद्यालय व्यबस्थापन समितिका अध्यक्ष साईराम चौधरीले ग्रामीण भेगमा शैक्षिक सामग्रीविहीन विद्यालयका बालबालिका झोला, स्टेस्नरी र सरसफाई किट पाउँदा विद्यार्थीमा खुसी छाएको बताएका छन् ।

कांग्रेसका युवा नेता तिमिल्सिनाको सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोलासहितका शैक्षिक सामग्रीहरू तिवरण गर्दा खुसी लागेको बताए । उनले बालबालिका मुलुकको भविष्य रहेको भन्दै शिक्षालाई कांग्रेसले जहिले पनि प्राथमिकतामा राख्दै आएको बताए ।

बिपन्न विद्यार्थीका लागि चाइना फाउन्डेसन फर पोभर्टी एलिभीएसन, अलीबाबा फिलान्त्रोफीको आर्थिक सहयोगमा राष्ट्रिय अपाङ्ग पुनर्स्थापना समाज अनामनगर, काठमाडौंले उपलब्ध गराएको छ । तिमिल्सिनाको संयोजकमा झोलासहितका शैक्षिक सामग्री फाउण्डेशनले उपलब्ध गराएको हो ।

केन्द्रका कानूनी सल्लाहाकार देवीराम उपाध्यायले कांग्रेसका युवा नेता तिमिल्सिनाको समन्वयमा बालबालिकालाई झोलासहितका शैक्षिक सामग्रीहरू तिवरण गरिएको बताए ।

गेरुवा गाउँपालिका तथा राजापुर र मधुवन नगरपालिकाका १२ वटा विद्यालयका २ हजार २०१ विद्यार्थीलाई स्कुल झोला, स्टेस्नरी र सरसफाई किट वितरण कार्य शुरु गरिएको छ ।

नेता तिमिल्सिनाको समन्वयमा अघिल्लो वर्ष फाउण्डेशनको समन्वयमा दर्जन बढी विद्यालयमा झोला, स्टेस्नरी र सरसफाई किट वितरण गरिएको थियो ।

Published : Friday, 2021 July 23, 8:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया