कम्युनिस्टले अन्याय गरेका राणालाई डीआईजी बढुवामा पारेर कांग्रेसले न्याय दियो

काठमाडौं । बढुवा समितिको सचिवालयले नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई नायव महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिसमा परेका छन् ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालय भैरहवा, रुपन्देहीमा दरवन्दी रहेका राणालाई समितिले बढुवाका लागि सिफारिस गरेको हो । राणालाई तत्कालीन कम्युनिस्ट सरकारले भैरहवामा लगेर बिमानस्थलमा थन्काएर राखेको थियो ।

प्रहरीभित्र राणालाई खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले पेलानमा पारेको थियो । सोही कारण राणा बढुवा हुन सकेका थिएनन् ।

राणा प्रहरीभित्र वरिष्ठतममा पर्छन् । प्रहरी महानिरीक्षक शैलेन्द्र थापा क्षेत्री राणाकै ब्याजी हुन् ।

आफूसँगै प्रहरीमा सेवा शुरु गरेका साथीहरू आईजीपी बन्दा समेत राणाको पहुँच नहुँदा एसएसपीमै चित्त बुझाउनु परेको थियो ।

कांग्रेस नेतृत्वको सरकार आउनेवित्तिकै गृहमन्त्री बालकृष्ण खाणले अन्यायमा परेका प्रहरीहरूको पीडा सुन्न थालेका छन् । खाणले प्रहरीभित्रको चेनअफ कमाण्ड नभत्कने गरेर न्याय दिन थालेका छन् ।

Published : Friday, 2021 July 23, 10:16 am

फेसबुकबाट तपाईको प्रतिक्रिया