गृह मन्त्रीमा खाण आउनेवित्तिकै ९८ जना सईहरूको ईन्स्पेक्टरमा बढुवा, को–को बने ?

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ९८ जना प्रहरी नायब निरीक्षकहरू (सई) लाई प्रहरी निरीक्षक (ईन्स्पेक्टर) पदमा बढुवा सिफारिस गरेको छ ।

बढुवा समितिको बैठकले बिहीवार प्रहरी नियमावली २०७१ संशोधनसहितको नियम २७ को उपनियम ४ को प्रावधान बमोजिम बढुवा सिफारिस गरेको हो ।

नेपाली कांग्रेस नेतृत्वको सरकार आउनेवित्तिकै प्रहरीभित्र लामो समयदेखि अन्यायमा परेका साईहरूलाई बढुवा गरेर न्याय गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाणले ठूला दर्जाका प्रहरीलाई भन्दा पनि साना दर्जाका प्रहरीको समस्यालाई आफूले सुनुवाई गर्ने पदभार ग्रहण गरेका दिन भनेका थिए ।

Published : Friday, 2021 July 23, 8:20 am

फेसबुकबाट तपाईको प्रतिक्रिया