ओली समूहको कार्यक्रममा भाँडभैलो, कुर्सी भाँचेर फरार

विराटनगर । मोरङ जिल्लामा एमालेका अध्यक्ष खड्गप्रसाद ओली समूहको कार्यक्रममा कुर्सीहरू तोडफोड भएका छन् ।

ओली समूहले उर्लाबारीमा बिहीबार आयोजना गरेको कार्यक्रममा गाडी चढोर आएका नेता कार्यकर्ताको समूहले तोडफोड भएको हो ।

तोडफोड कसले गरेको खुलेको छैन । ओली समूहकै असन्तुष्ट समूहले नै कुर्सी भाँचेर भागेको आरोप छ ।

उर्लाबारी–८ स्थित एभरेष्ट फनपार्कमा नगरस्तरीय विस्तारित बैठक बोलाइएको थियो । निर्धारित कार्यक्रमअगावै एक समूहले कार्यक्रमस्थलमा राखिएका कुर्सी तोडफोड गरेका हुन् ।

एमाले उर्लाबारीका संयोजक उमाकान्त गौतमले गाडीमा आएका केही मानिसले कार्यक्रमस्थलमा तोडफोड गरेको बताएका छन् । उनले तोडफोड गर्ने समूहको खोजी भइरहेको बताएका छन् ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नगर संयोजक गंगा बास्तोलाले ओली समूहका असन्तुष्ट नेता कार्यकर्ताले घटना गराएको हुन सक्ने बताएका छन् ।

एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेल घटनास्थलमा पुगेर त्यसबारे जानकारी लिएका छन् ।

Published : Thursday, 2021 July 22, 2:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया