वीपीलाई तरुण दलले यसरी सम्झियो

काठमाडौं । स्व.वीपी कोइरालाको योगदानहरू स्मरण गरेर नेपाल तरुण दलले ३९औं वीपी स्मृति दिवस मनाएको छ ।

काठमाडौंस्थित तरुण दलको केन्द्रीय कार्यालयमा वीपी कोइरालाको तस्बिरमा माल्यार्णपन गरेर स्मृति दिवस मनाइएको हो । तरुण दलले कोरोना महामारीका कारण वीपी स्मृति दिवस विगतमा जस्तो भव्यताका साथ मनाएको छैन ।

तरुण दलले काठमाडौंसहित देशका विभिन्न स्थानमा स्वाथ्य मापदण्डलाई अनुशरण गरेर वीपी स्मृति दिवस मनाएको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, कोषाध्यक्ष विद्वान गुरुङसहितका नेताहरूले वीपीको तस्बिरमा माल्यार्णपन गरेका थिए ।

Published : Wednesday, 2021 July 21, 11:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया