प्रधानमन्त्री देउवाद्वारा हिन्दु धर्मगुरुसँग भेट, धर्मगुरुको घोषणाले बालुवाटारमा खुसीयाली
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा तथा गृहमन्त्री बालकृष्ण खाणसँग भारतका हिन्दु धर्मगुरुले भेट गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो जगतगुरु सुर्याचार्य कृष्णदेवनन्द गिरीजी महाराज (द्वारका)ले देउवा र राणालाई भेट गरेका हुन् ।
प्रधानमन्त्री देउवाले भारतीय धर्मगुरु सुर्याचार्यलाई भव्य स्वागत गरेका छन् । उनले धर्मगुरुसँग आशीर्वाद ग्रहण गरेका छन् ।
धार्मिक कार्यमा विश्वास राख्ने देउवाले सो क्रममा धर्मगुरुसँग केहीबेर कुराकानी गरेका थिए । भारतीय हिन्दु धर्मगुरु जगतगुरु सुर्याचार्य कृष्णदेवनन्द गिरीजी महाराज (द्वारका) तीन दिनदेखि काठमडौंमा छन् ।
जगतगुरु सुर्याचार्य कृष्णदेवनन्द गिरीजी महाराज (द्वारका)ले प्रधानमन्त्री देउवाको नक्षत्र राम्रो रहेकाले नेपालको प्रगति हुने पनि बताएको स्रोतले जनाएको छ ।
जगतगुरु सुर्याचार्य कृष्णदेवनन्द गिरीजी महाराज (द्वारका)ले पशुपतिनाथको मन्दिरमा विशेष पूजाआजा गरेर प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए । प्रधानमन्त्री देउवाले हिन्दु धर्ममा विश्वास र आस्था राख्छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया