प्रधानमन्त्री देउवाद्वारा हिन्दु धर्मगुरुसँग भेट, धर्मगुरुको घोषणाले बालुवाटारमा खुसीयाली

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा तथा गृहमन्त्री बालकृष्ण खाणसँग भारतका हिन्दु धर्मगुरुले भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो जगतगुरु सुर्याचार्य कृष्णदेवनन्द गिरीजी महाराज (द्वारका)ले देउवा र राणालाई भेट गरेका हुन् ।

प्रधानमन्त्री देउवाले भारतीय धर्मगुरु सुर्याचार्यलाई भव्य स्वागत गरेका छन् । उनले धर्मगुरुसँग आशीर्वाद ग्रहण गरेका छन् ।

धार्मिक कार्यमा विश्वास राख्ने देउवाले सो क्रममा धर्मगुरुसँग केहीबेर कुराकानी गरेका थिए । भारतीय हिन्दु धर्मगुरु जगतगुरु सुर्याचार्य कृष्णदेवनन्द गिरीजी महाराज (द्वारका) तीन दिनदेखि काठमडौंमा छन् ।

जगतगुरु सुर्याचार्य कृष्णदेवनन्द गिरीजी महाराज (द्वारका)ले प्रधानमन्त्री देउवाको नक्षत्र राम्रो रहेकाले नेपालको प्रगति हुने पनि बताएको स्रोतले जनाएको छ ।

जगतगुरु सुर्याचार्य कृष्णदेवनन्द गिरीजी महाराज (द्वारका)ले पशुपतिनाथको मन्दिरमा विशेष पूजाआजा गरेर प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए । प्रधानमन्त्री देउवाले हिन्दु धर्ममा विश्वास र आस्था राख्छन् ।

Published : Wednesday, 2021 July 21, 11:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया