देउवालाई भोट दिएका किसान श्रेष्ठका पार्टनर महेश बस्नेतको यस्तो आयो धारणा

काठमाडौं । एमालेका नेता महेश बस्नेतले आफ्नै पार्टीका सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’सँगको सम्बन्ध राजनीतिक रहेको बताएका छन् ।

बस्नेतले सामाजिक सञ्जालमार्फत बुधबार सांसद श्रेष्ठसँगको सम्बन्ध राजनीतिक रहे पनि श्रीमान–श्रीमतीको जस्तो नरहेको बताएका हुन् ।

‘मित्र किसान श्रेष्ठसँगको मेरो सम्बन्ध राजनैतिक सम्बन्ध हो’, उनले भने, ‘पौराणिककालको श्रीमान्–श्रीमती जस्तो मृत्युमा सती जाने जस्तो सम्बन्ध होइन । केही मिडिया किन रमाएका हुन् ?’

सांसद श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि श्रेष्ठले बस्नेतकै मिलोमतोमा देउवालाई मतदात गरेका समाचार आइरहेका बेला बस्नेतले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

तत्कालीन संघीय समाजवादी पार्टीका सांसदलाई महोत्तरीबाट अपहरण गर्ने बेला सांसदद्वय बस्नेत र श्रेष्ठकै मिलोमतोमा भएको आरोप लागेको थियो । बस्नेत र श्रेष्ठका बीच निकै घनिष्ट सम्बन्ध रहेको छ ।

यसैबीच, एमालेका नेता बस्नेतले आईटी आर्मीसँग आफ्नो कुनै अपात्ति नरहेको बताएका छन् ।

बस्नेतले भनेका छन्, ‘अनि प्रभु साहसँगको मेरो सम्बन्ध तेस्तो खराब नि छैन, आईटी आर्मी गठनमा मेरो असहमति होस् । उहाँ र मेरो सल्लाह अनुसार नै बनेको हो आईटी आर्मी अनि साइबर सेनासँगै मिलेर दुबै संगठन काम गर्छन् ।’

बस्नेतले साइबर सेना यसअघि नै बनाइसकेका छन् । बस्नेतलाई टक्कर दिने गरेर प्रभु साहले आईटी आर्मी गठन गरेपछि एमालेभित्र खैला भएको चर्चा थियो ।

Published : Wednesday, 2021 July 21, 10:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया