भक्तपुर कांग्रेसले मनायो ३९औँ वीपी स्मृति दिवस, लोकप्रिय युवा कांग्रेसमा प्रवेश

भक्तपुर । नेपाली कांग्रेस भक्तपुरले वीपी कोइरालाको ३९औँ स्मृति दिवस भव्यताका साथ मनाएको छ ।

बुधबार भक्तपुर कांग्रेसले ३९औँ स्मृति दिवस मनाएको हो । भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाले स्व.वीपी कोइराालाको तस्बिरमा माल्यार्णपन गरेर कार्यक्रमको शुरुवात गरेका थिए ।

सभापति थापाले वीपी कोइरालाको योगदानको चर्चा गर्दै सहमति र सहकार्यका साथ अगाडि बढ्न अनुरोध गरेका छन् । उनले कांग्रेसले सबैलाई समान रुपमा व्यवहार गर्नेभन्दै नवप्रवेशीहरूलाई योग्यता र क्षमताका आधारमा जिम्मेवारी दिने बताएका छन् ।

१४औँ महाधिवेशनमा कांग्रेसका नेता कार्यकर्तालाई एकजुट भएर अगाडि बढ्न थापाले आग्रह गरेका छन् । उनले सम्पूर्ण कृयाशील सदस्यहरूलाई संगठन निर्माणमा ध्यान दिने निर्देशन दिएका छन् ।

कांग्रेस नेता जगदीश बस्नेतको अगुवाइमा भक्तपुरको गुन्डुका लोकप्रिय युवा नेता राजेश नगरकोटी कांग्रेसमा प्रवेश गरेका छन् । नगरकोटीलाई भक्तपुर कांग्रेसका सभापति थापाले पार्टीमा स्वागत गरेका छन् ।

Published : Wednesday, 2021 July 21, 4:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया