भीम रावललाई नराम्रोसँग दशा लाग्यो, यता सांसद पद फुत्कियो, उता लोकप्रिय नेताहरू कांग्रेसमा प्रवेश

अछाम । अछाम जिल्लामा एमाले पार्टी परित्याग गरि थुप्रै नेता कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

चौरपाटी गाउँपालिका– ५ लुंग्रा निवासी एमालेका जिल्ला कमिटी सदस्य नरबहादुर खड्काको नेतृत्वमा स्थानीय लोकप्रिय नेताहरू कांग्रेसमा प्रवेश गरेका हुन् । कांग्रेसको जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा एमालेका नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका थिए ।

चौरपाटी गाउँपालिका गाउँ कमिटी सदस्य किस्न खड्का, चेतबहादुर खड्का, पदमबहादुर खड्का लगायतका नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका छन् ।

नवप्रवेशीहरूलाई नेपाली कांग्रेस अछामका सभापति भरतकुमार स्वाँरले पार्टीमा स्वागत गरेका छन् ।

एमालेका जिल्लास्तरीय नेता कार्यकर्ता कांग्रेस प्रवेश भएपछि अछामको एमालेलाई ठूलो घाटा भएको छ ।

एमाले र माओवादीबाट पछिल्लो समय अछाम जिल्लामा पार्टी छाडेर कांग्रेसमा प्रवेश गर्ने तीब्र रुपमा अगाडि बढिरहेको छ ।

कार्यक्रममा कांग्रेसका नेता एवम् पूर्व सभापति पुष्पबहादुर शाह, मेघराज खड्का, पूर्व राजदूत बलबहादुर कुँवर, उप–सभापति नयाँराम बजगाइँ, सचिव नमबहादुर शाही, महासमिति सदस्य बलबहादुर कुँवर, महाधिवेशन प्रतिनिधि पदमराज अधिकारी, तुर्माखाद गाउँपालिका अध्यक्ष एवम् कांग्रेसका युवा नेता पुष्पराज शर्मा लगायतको उपस्थित रहेको थियो ।

एमालेका नेता भीमबहादुर रावलको गृहजिल्ला अछाममा एमालेभित्र बबण्डर हुँदै आएको छ । पार्टीभित्र विवाद खडा गरेर रावलले केन्द्रमा वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ दिँदै आएका छन् ।

तर, प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिएर सांसद पदबाट राजीनामा दिएका रावललाई आफ्नै जिल्लाका लोकप्रियहरूले रावलको साथ छाडेका छन् । नेपाललाई साथ दिँदै आएका रावल पछिल्लो समय अध्यक्ष खड्गप्रसाद ओलीतिर लागेका छन् ।

Published : Wednesday, 2021 July 21, 7:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया