कांग्रेसमा डिजिटल भोटिङको प्रविधि सुनिश्चित

श्रावण ५, २०७८

“डिजिटल भोटिङ” को प्रविधि सुनिश्चित । केन्द्रीय समितिले आवश्यक ठहर गर्दा सूचना, सञ्चार तथा प्रचार विभाग तयारी स्थितिमा ।

नेपाली कांग्रेस, केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको तेस्रो पूर्ण बैठक विभागका प्रमुख एवं पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको सभापतित्वमा असार २४ र २५ गते भौतिक र भर्चुअल दुबै प्रक्रियाबाट सम्पन्न भए पश्चात् बैठकले तय गरेको ‘डिजिटल भोटिङ’ को अवधारणालाई अन्तिम रुप दिएर यो वक्तव्य जारि गरिएको छ । बैठकले पार्टीको १४ औं महाधिवेशनको वैचारिक प्रचार प्रारम्भ गर्ने लगायत अन्य निर्णय पनि गरेको छ ।

प्रविधि मैत्री अभियानको प्रगतिमा सन्तोष

१) विभागको प्रथम पूर्ण बैठकको निर्णय बमोजिम ‘प्रविधि मैत्री अभियान’ क्रममा पार्टीको वेबसाईटलाई आधुनिकीकरण र कृयाशिल सदस्यताको अभिलेखिकरण (डाटा इन्ट्री) प्रति बैठकले सन्तोष व्यक्त ग¥यो । प्रविधि संयोजन उपसमितिका संयोजक इन्जिनियर दिपेश विष्ट लगायत उपसमिति सदस्यहरुको कार्यप्रति बैठकले सम्मान र बधाई ज्ञापन ग¥यो ।

केन्द्र र ७ प्रदेशको ‘डिजिटल भोटिङ’ गर्न सकिने व्यवस्था

२) कोरोना महामारी न्यून भएर महाधिवेशन भौतिक रुपमै आयोजना गर्न सकिने आशाका बावजुद विभागले ‘डिजिटल भोटिङ’ को आफ्नै आन्तरिक प्रविधि विकास र सुनिश्चित गरेको छ । केन्द्रीय समितिले जरुरी ठहर गरेर निर्णय गरेका खण्डमा शुन्यबाट शुरु गर्नु नपर्ने गरि विकास गरिएको प्रविधि तत्काल आवश्यक नपर्दा भविष्यका लागि पार्टीसँग प्रविधिको सम्पत्ति र सक्षमता सुरक्षित हुने विश्वास विभागले लिएको छ । ७७ जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र महाधिवेशनका प्रतिनिधिले मतदान गर्न सक्ने व्यवस्था गरिएको प्रविधि मार्फत १४ औं महाधिवेशनमै केन्द्र र ७ प्रदेशको निर्वाचन सम्बन्धि सबै प्रक्रिया सम्पन्न गर्न सकिने क्षमता भएको छ ।

३) ‘डिजिटल भोटिङ’ को नमूना प्रदर्शनीको आन्तरिक कार्य योजना समेत बैठकले तय गरेको छ भने जिल्ला तहसम्म प्रविधि प्रशिक्षण र सहजीकरणका लागि दक्ष इन्जिनियरहरुको नेटवर्क तयार गरिएको छ ।

४) प्रविधि मैत्री अभियान अन्तर्गतको थप प्रगति बारे पार्टी केन्द्रीय समितिमा प्रतिवेदन पठाउने र केन्द्रीय समितिको निर्देशन अनुरुप प्रविधिको अन्य व्यवस्थापकीय प्रबन्ध निश्चित गर्ने निर्णय बैठकले गरेको छ ।

१४ औं महाधिवेशन प्रचार प्रारम्भ गर्ने निर्णय

५) पार्टीको १४ औं महाधिवेशनको प्रचारलाई विगत भन्दा भिन्न र जीवन्त शैलीमा अघि बढाउने निर्णय बैठकले गरेको छ । त्यस क्रममा बिषय केन्द्रित प्रचारलाई गहन बनाउन केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसँग आवश्यक समन्वय गर्ने निर्णय बैठकले गरेको छ ।

६) महाधिवेशनसँग सम्बन्धित प्रतिनिधि चयन प्रक्रिया, उम्मेदवारीका आधार लगायत विधानको व्यवस्थालाई सरलीकरण गर्दै सबै कृयाशिल सदस्यबीच पुर्‍याउन आवश्यक दृष्टिगत गरि केन्द्रीय निर्वाचन समितिसँग समन्वय गरेर सामग्री तयार गर्न संयोजनको जिम्मेवारी विभागका सचिव दिनेश थापा मगरलाई दिइएको छ ।

अघिल्ला बैठकको समिक्षा

७) सूचना, सञ्चार तथा प्रचार विभागको अघिल्लो दुई पूर्ण बैठकबाट समितिका सदस्यहरुलाई सुम्पिइएको जिम्मेवारी सम्पादनमा भएको प्रगति र कमजोरी समिक्षा गर्दै जिम्मेवारी पूरा गर्ने क्रममा रहेका उपसमितिहरु एवं साथीहरुलाई क्रियाशीलता बढाई आगामी बैठकमा प्रतिवेदन प्रस्तुत गर्न निर्देशन गर्ने र आफ्नो जिम्मेवारी पूरा गर्नु भएका साथीहरुलाई धन्यवाद ज्ञापन गर्ने निर्णय बैठकले गर्‍यो ।

कार्यसम्पादन उपसमितिहरु बारे

८) नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनसम्मका लागि प्राप्त अभिभारा बमोजिम विभागको कार्यसम्पादनलाई व्यवस्थित र संगठित बनाउंदै कार्य गर्न नेपाली कांग्रेसको विधान २०१७ को धारा ३७ उपधारा १ को (ज) बमोजिम विगतमा गठन गरिएका निम्न उपसमितिहरुलाई थप विस्तारित र व्यवस्थित गर्ने निर्णय बैठकले गरेको छ ।

क) छहारि संवाद उपसमिति

संयोजक : डा. सुरेश आचार्य

ख) वेबसाईट संयोजन उपसमिति

संयोजक : गोवर्धन राना मगर

ग) कोभिड सूचना र विश्लेषण उपसमिति

संयोजक ः डा. अञ्जनीकुमार झा

घ) दैनिक सूचना उपसमिति

संयोजक : दिनेश थापा मगर

ङ) सामाजिक सञ्जाल समन्वय उपसमिति

संयोजक : ई. दिपेश बिष्ट

च) टेलिभिजन संयोजन उपसमिति

संयोजक : निर शाह

छ) रेडियो संयोजन उपसमिति

संयोजक : गोपाल झा

ज ) तथ्याङ्क ब्यवस्थापन र विश्लेषण उपसमिति

संयोजक : डा. सञ्जय महतो थारु

झ) ‘इभेन्ट म्यानेजमेन्ट’ उपसमिति

संयोजक : मिन भाम

ञ)महिला प्रचार नेटवर्क

संयोजक : अधिवक्ता अञ्जना अर्याल

ट) युवा प्रचार नेटवर्क

संयोजक : विकल राई

९) महाधिवेशनको प्रचार केन्द्रित ‘चिन्तन १४ महाधिवेशन’ संयोजन, व्यवस्थापन र प्रचार गर्न विभिन्न उपसमिति गठन गरि आन्तरिक कार्य शुरु गरिएको छ । यथा समयमा त्यसलाई सार्वजनिक गरिनेछ ।

जय नेपाल !

दिनेश थापा मगर
सचिव 
सूचना, सञ्चार तथा प्रचार विभाग 
नेपाली कांग्रेस
Published : Tuesday, 2021 July 20, 3:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया