देउवाको पक्षमा मतदान गर्न कांग्रेसद्वारा अपील

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन अपील गरेको छ ।

काठमाडौंमा आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले देउवालाई विश्वासको मत मागेको हो ।

‘प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवामाथि संसदको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्ने संसदीय दलको यो बैठक निर्णय गर्दछ’, कांग्रेसले भनेको छ ।

‘जनताबाट निर्वाचित जनप्रतिनिधिहरूको थलो प्रतिनिधि सभालाई पूर्ण कार्यकालसम्म चल्न दिएर जनमतको कदर गर्न प्रतिनिधि सभाका सबै सदस्यलाई प्रधानमन्त्रीमाथि विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न नेपाली कांग्रेस संसदीय दलको यो बैठक हार्दिक अपील गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

दोस्रो पटक संसद विघटन गर्ने तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले गत जेठ ८ गते निर्णय बदर गर्ने सर्वोच्च अदालतको निर्णयको कांग्रेसले स्वागत गरेको छ । अदालतले दिएको परमादेशको पनि कांग्रेसले स्वागत गरेको छ ।

Published : Sunday, 2021 July 18, 5:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया