रावलले सांसदबाट राजीनामा दिए, नेपाल समूह फुटाउन ओली सफल
काठमाडौं । एमालेका सांसद भीमबहादुर रावलले सांसद पदबाट राजीनामा दिएका छन् ।
संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै रावलले सांसद पदबाट राजीनामा दिएको बताए । उनले आफ्नो राजीनामा सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको बताएका छन् ।
रावल एमालेका वरिष्ठ नेता माधव नेपाल समूहमा थिए । नेपाल समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको थियो । नेपाल समूहमा देउवालाई विश्वासको मत दिने कि नदिने भन्नेमा दुई समूह खडा भएका छन् ।
एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले नेपाल समूह विभाजन गर्न सफल भएका छन् । नेपाल समूहमा २३ जना सांसद थिए । देउवालाई विश्वासको मत लिन नेपाल समूहबाट कम्तिमा ८ जना सांसदको सहयोग आवश्यक पर्छ ।
Published : Sunday, 2021 July 18, 4:29 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया