एमालेको निर्णयले देउवालाई छोएन, सरकार झन् बलियो

काठमाडौं । एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन नगर्ने निर्णय गरेको छ ।

ललितपुरको बालकुमारीमा आइतबार बसेको स्थायी कमिटी बैठकले देउवालाई विश्वासको मत नदिने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

ज्ञवालीले देउवालाई विश्वासको मत दिने नेताहरू एमालेमा नरहने बताएका छन् । ज्ञवालीले भने, ‘उहाँले एक्लै भए पनि प्रस्तावको पक्षमा मत दिने कुरा गर्नुभयो ।’

‘उहाँको तर्फबाट कार्यदलमा रहनुभएका साथीहरूले त्यसो गर्नु उचित नहुने बताउनुभए पनि उहाँले आफू एउटा बिन्दूमा पुगिसकेकाले आफ्नो बहुमत नभएको कमिटीको निर्णय मान्दिन भन्नुभयो’, प्रवक्ता ज्ञवालीले भनेका छन् ।

एमालेका वरिष्ठ नेता माधव नेपाल समूहले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । देउवालाई विश्वासको मत लिन पर्याप्त संख्या पुगेको छ ।

ओली र उनको दलले असहयोग गरे पनि देउवालाई विश्वासको मत लिएर मुलुक चलाउनेछन् । एमालेको निर्णयले देउवालाई विश्वासको मत लिन कुनै घुनपत्लो लाग्नेछैन ।

Published : Sunday, 2021 July 18, 3:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया