जनताको विश्वासलाई डगमगाउन नदिन तरुण दलको मन्त्रीद्वय खाण र कार्कीसँग अनुरोध

काठमाडौं । नेपाल तरुण दलले नेपाली कांग्रेसबाट मन्त्री बनेका गृहमन्त्री बालकृष्ण खाण र कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई भेटेर शुभकामना तथा बधाइ दिएको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाइँ र कोषाध्यक्ष विद्वान गुरुङले शनिबार मन्त्रीद्वय खाण र कार्कीलाई भेटेर कार्यकालको शुभकामना दिएको हो ।

अध्यक्ष बस्नेतले मन्त्रीद्वय खाण र कार्कीलाई कांग्रेस नेतृत्वको सरकारबाट जनताले धेरै अपेक्षा राखेको भन्दै जनतालाई निरास नबनाउन आग्रह गरेको जानकारी दिए ।

केपी ओलीको झण्डै दुईतिहाइको सरकार असफल भएपछि कांग्रेसप्रति जनताको ठूलो भरोसा रहेको भन्दै अध्यक्ष बस्नेतले कांग्रेसले दलहरूका बीच अधिकतम सहमति गरेर मुलुकलाई चलाउनुपर्ने बताए ।

तरुण दलका अध्यक्ष बस्नेतले कोरोनाविरुद्धको अभियानमा कांग्रेसको पहिलो काम हुनुपर्ने समेत बताएका छन् । उनले सबै जनतालाई छिटोभन्दा छिटो खोप दिने निर्णय सरकारले गरेको भन्दै त्यो निर्णय कार्यान्वयनमा ध्यान दिन सुझाव दिइएको बताए ।

मन्त्रीद्वय खाण र कार्कीले देशभरिका तरुणहरूको सहयोगबाटै सरकार आफ्नो उदेश्यमा पूरा हुनेभन्दै संविधान र लोकतन्त्रको रक्षाका लागि आफूहरूबाट कुनै कमी नहुने प्रतिवद्धता जनाएका छन् ।

यसैबीच, नेपाल तरुण दल नवलपरासीका अध्यक्ष सुक गुरुङसहितको टिमले पनि गृह मन्त्री खाणलाई भेटेर शुभकामना दिएको छ । अध्यक्ष गुरुङले जनता केपी ओलीको कम्युनिस्ट सरकारबाट धेरै आजित भएको भन्दै त्यस्ता हर्कत र गतिविधिलाई कांग्रेस नेतृत्वको सरकारले दोहोर्‍याउन नहुने जनताको अपेक्षा रहेको सुझाव दिएका छन् ।

नेपाल तरुण दल रुपन्देहीले पनि गृहमन्त्री खाणलाई शुभकामना दिएको छ । रुपन्देहीका तरुणहरूले संविधान र लोकतन्त्रको रक्षाका खाणलाई आग्रह गरेको छ ।

Published : Sunday, 2021 July 18, 7:03 am

फेसबुकबाट तपाईको प्रतिक्रिया