कम्युनिस्ट मुख्यमन्त्री पोखरेलको औकात के हो ? कांग्रेसका खतिवडाले यसरी सम्झाइदिए

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले एमालेका नेता एवम् लम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको हर्कतको विरोध गरेका छन् ।

कांग्रेस नेता खतिवडाले शनिबार ट्वीट गर्दै पोखरेललाई राक्षको संज्ञा दिएका छन् । पोखरेलले संघीयता र संविधान विरोधी गतिविधि गरेको खतिवडाले बताएका छन् ।

युवा नेता खतिवडाले भनेका छन्, ‘लुम्बिनी प्रदेश सरकारको लोकतन्त्र विरोधी, संविधान बिरोधी र संघीयता विरोधी काम घोर आपत्तिजनक छ ।’

‘संसद बोलाउने, बजेट पेश गर्ने पास गर्न नसक्दा अधिवेशन अन्त्य गरि अध्यादेशबाट बजेट ल्याउने यो कस्तो संसदीय ब्यबस्था हो ? नाम भगवान शंकरको काम राक्षसको भएन र मुख्यमन्त्री ज्यू ?’, कांग्रेस नेता खतिवडाले प्रश्न गरेका छन् ।

बहुमत नपुगेपछि पोखरेल र उनको दल एमालेका सांसदहरूले लुम्बिनी प्रदेश सभाको बैठक बहिस्कार गरेर हिँडेका थिए । मुख्यमन्त्री पोखरेलले बैठक अन्त्य गरेर अध्यादेशबाट बजेट ल्याएका थिए ।

पोखरेल एमालेका अध्यक्ष खड्गप्रसाद ओलीका विश्वासपात्र मानिन्छन् । ओलीकै शैलीमा अगाडि बढ्दै आएका पोखरेललाई ढाँट, छलि र कीर्ते गरेर मुख्यमन्त्री पद कब्जा गरेको आरोप कांग्रेससहितका विपक्षी दलले आरोप लगाउँदै आएका छन् ।

सत्ता र पदका लागि मरिमेट्न एमालेका नेता पोखरेलले मुख्यमन्त्री पद बचाउन सबै हर्कत गर्दै आएका छन् ।

Published : Saturday, 2021 July 17, 10:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया