कांग्रेस संसदीय दलको बैठक आइतबार बस्ने

काठमाडौं । मुलुकको पछिल्लो अवस्था र प्रतिनिधि सभाको बैठकका विषयमा छलफल गर्न नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

बैठक आइतबार दिउँसो २ बजे प्रतिनिधि सभाको भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा प्रतिनिधि सभा दोस्रो पटक विघटन भएपछि बस्न लागेको पहिलो बैठकका विषयमा छलफल हुनेछ । प्रतिनिधि सभाको बैठक आइतबार ४ बजे बस्नेछ ।

निवर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा दोस्रो पटक विघटन गर्ने निर्णयलाई सर्वोच्च अदालतले खारेज गरिदिएको थियो ।

Published : Saturday, 2021 July 17, 9:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया