पाल्पामा भर्‍याङबाट लडेर महिलाको मृत्यु, पहिरोले ट्याक्टर र जेसीबी पुरियो

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका– ४ छापडाँडामा ५१ वर्षीया दिलकुमारी सुनारी मृत फेला परेकी छिन् ।

सुनारी शनिबार बिहान ५ बजे आफ्नै घरको भर्‍याङबाट अन्दाजी ८ फिट तल खसेर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी सन्तोषकुमार भट्टराईले जानकारी दिए ।

सुनारीको बारेमा सूचना पाउनेवित्तिकै ईलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी टोली खटिएर घटनाका सम्बन्धमा थप अनुसन्धान कार्य शुरु गरेको छ ।

यसैबीच, तिनाउँ गाउँपालिका– ६ डुम्रेमा पहिरोले ट्याक्टर र जेसीबी पुरिदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

ट्याक्टरका सहयोगी बर्दिया जिल्लाको बासगढी नगरपालिका– ४ घएका २७ वर्षीय महेन्द्र भन्ने मुमलाल पुनको उपचारका क्रममा मृत्यु भएको एसपी भट्टराईले जानकारी दिए ।

रैनादेवी छहरा गाउँपालिका–१ का २० वर्षीय सरोज बुढाको सामान्य घाइते अवस्थामा उपचार भइरहेको छ । घाइते दुबैलाई उद्धार गरेर प्रभासस्थित लम्बिनी मेडिकल कलेजमा लगिएको थियो ।

Published : Saturday, 2021 July 17, 9:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया