ओलीको पुच्छुर बनेका थापाको राणाले सातोपुत्लो लिए

नेपालगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रभावशाली नेता धवलशम्शेर राणाले जनभावनालाई जनमतमा परिणत गर्न सक्ने, सबै राष्ट्रवादी शक्तिलाई एकतावद्ध गर्न सक्ने कुशल र सबल जनप्रिय नेतृत्व आवश्यक रहेको बताएका छन् ।

राप्रपामा उठेका प्रजातान्त्रिक रुपान्तरणको विषय पार्टी र नेतृत्व कमजोर नहुने भन्दै सामाजिक सञ्जालमार्फत शनिबार नेता राणाले पार्टीपंक्तिमा अन्यथा भ्रम सिर्जना नर्गन आह्वान गरेका छन् ।

‘के प्रजातान्त्रिक पार्टीमा नेतृत्व परिवर्तनको विषय उठाउनु गलत हो र ?’ राणाले भनेका छन् । ‘भ्रममा नपारियोस्, राप्रपामा उठेका रुपान्तरणको विषय पार्टी र नेतृत्वलाई कमजोर बनाउने विषय पटक्कै हैनन् ।’

राणाले भने, ‘राप्रपामा जनभावनालाई जनमतमा परिणत गर्न सक्ने जनप्रिय नेतृत्वको आवश्यक छ । सबै राष्ट्रवादी शक्तिलाई एकताबद्ध गर्न सक्ने कुशल र सबल नेतृत्वको आवश्यक छ ।’

नेपालगञ्ज उपमहानगरपालिकाका मेयरसमेत रहेका राणाले यस अघि नै राप्रपाको अध्यक्ष पदमा दावी गरीसकेका छन् । महाधिवेशनउन्मुख राप्रपामा युवा पुस्तामा नेतृत्व हस्तान्तरणको बहसले व्यापकता पाएको छ ।

राप्रपाका अध्यक्ष कमल थापाले प्रभावशाली नेता राणालाई आफ्नो कडा प्रतिस्पर्धी मान्छन् । राणासँग डराएर थापाले पार्टीमा राम्रो पदमा नियुक्तिहरू दिएका छैनन् । राणा राप्रपामा लोकप्रिय छन् ।

राणाले नै थापालाई आगामी महाधिवेशनमा अध्यक्ष पदमा टक्कर दिने हैसियत राख्छन् । राणाले अध्यक्ष पद कब्जा गर्ने हो कि भनेर थापालाई ठूलो तनाब छ ।

राष्ट्रिय सभाको बागमती प्रदेशको निर्वाचनमा अध्यक्ष थापाले खड्गप्रसाद ओली नेतृत्वको एमालेका उम्मेदवार एवम् हिन्दूधर्म विरोधी नेता रामबहादुर थापालाई मतदान गरेका थिए । थापाकै राप्रपा बद्नाम हुँदै आएको छ ।

Published : Saturday, 2021 July 17, 8:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया