देउवाद्वारा खम्बबहादुर खातीको राजीनामा स्वीकृत

काठमाडौं । अधिवक्ता खम्बबहादुर खातीले नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको सदस्य पदबाट राजीनामा दिएका छन् ।

खातीले सदस्य पदबाट दिएको राजीनामा सभापति शेरबहादुर देउवाले शनिबार स्वीकृत गरेका हुन् ।

खातीले पार्टीको केन्द्रीय निर्वाचन समितिको सदस्य पदमा बसेर पु¥याएको सक्रिय योगदानको सह्राना गर्दै सभापति देउवाले धन्यवाद व्यक्त गरेका छन् ।

प्रधानमन्त्री समेत रहेका देउवाले खातीलाई महान्यायाधिवक्तामा मनोनीत गरेका थिए । खातीले महान्यायाधिवक्ता पदको जिम्मेवारी समेत सम्हालेका छन् ।

Published : Saturday, 2021 July 17, 8:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया