कांग्रेसको सदस्य बन्न नदिएर रोकेपछि यी केन्द्रीय सदस्यले भेटे दनक

काठमाडौं । नेपाली कांग्रेसको सक्रिय सदस्यता लिएर काम गर्छु भन्ने कार्यकर्तालाई सदस्यताबाट बञ्चित बनाएपछि क्रियाशील सदस्य छानविन समितिका सदस्य श्याम घिमिरेले रामधुलाई भेटेका छन् ।

शुक्रबार सिन्धुपाल्चोक कांग्रेसका युवा नेताहरूले काठमाडौंको गौशालास्थित नेपाल–भारतमैत्री धर्मशालामा कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका घिमिरेलाई सामान्य धक्कामुक्का भएको छ ।

घिमिरेले क्रियाशील सदस्यता रोकेपछि हरिशरण श्रेष्ठको नेतृत्वमा आएका कार्यकर्ताले गेटमा बोलाएर हातपात गरेका थिए ।

कुटपिट र धक्कामुक्काको यो घटनामा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलाई जोडेर समाचार आएका छन् । बस्नेतको बद्नाम गराउन एउटा गिरोह सक्रिय भएर लागेको छ ।

सिन्धुपाल्चोक लगायतका केही जिल्लामा क्रियाशील सदस्यता सम्बन्धी विवाद छ । सिन्धुपाल्चोक जिल्लामा १३औं महाधिवेशनमा क्रियाशीललाई मात्र मान्यता दिन सिफारिस गर्ने छानविन समितिको तयारी भएपछि कांग्रेसका कार्यकर्ताले घिमिरेलाई धक्कामुक्का गरेका थिए ।

सामान्य धक्कामुक्का भएका घिमिरेलाई ठूलो चोटपटक लागेको छैन । घिमिरेले छानविन समितिमा बसेर कांग्रेसलाई कमजोर पार्न क्रियाशील सदस्यता दिन रोक्ने जस्ता हर्कत गर्दै आएका थिए । घिमिरेसँग क्रियाशील सदस्यतामा लफडा गर्नेमा अर्का नेता कल्याण गुरुङ पनि न् । गुरुङ पनि कार्यकर्ताको निशानामा छन् ।

Published : Friday, 2021 July 16, 11:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया