सबै सुतेका बेला बुटवलतिर शंकर पोखरेलको उत्पात हर्कत, ओलीकै जस्तो काण्ड

बुटवल । एमालेका नेता शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारको बजेट फेल हुने अवस्थामा पुगेपछि फेरि उत्पात निर्णय भएको छ ।

मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रदेश विघटन गरेका छन् । बिहीबार बसेको प्रदेश सभाको बैठकमा बजेट फेल हुने अवस्था भएपछि सत्तारुढ एमालेका सांसदहरू भागेका थिए ।

मुख्यमन्त्री पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले बिहीबार मध्यरातिदेखि लागू हुने गरेर संसद बैठक अन्त्य गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रदेशको बजेट अध्यादेशबाट ल्याउन संसद बैठक अन्त्य गरेका हुन् । बजेट फेल हुने अवस्था भएपछि पोखरेललाई तनाब भएको थियो । पोखरेलले विश्वासको मत लिएका छैनन् ।

निवर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओलीले केन्द्र सरकार चलाउने क्रममा जालझेल गरेर हैरान बनाएपछि दुई दिन अगाडि मात्रै सर्वोच्च अदालतको फैसलाले अपदस्थ गरेर नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेको छ । पोखरेलले पनि सहज रुपमा राजीनामा दिनुको साटो जालेझलको बाटोबाट हिँड्न खोजेका छन् ।

Published : Friday, 2021 July 16, 12:22 am

फेसबुकबाट तपाईको प्रतिक्रिया