गृहमन्त्री खाण र अध्यक्ष अन्सारीबीच भेट, साउन ६ गते बिदा दिन आग्रह

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणसँग मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा बिहीबार मन्त्री खाण र अध्यक्ष अन्सारीबीच भेटवार्ता भएको हो । भेटमा अध्यक्ष अन्सारीले मन्त्री खाणलाई बधाइ तथा कार्यकालको शुभकामना दिएका छन् ।

आयोगका अध्यक्ष अन्सारीले गृहमन्त्री खाणसँग ईदुल–अज्हा (बकर ईद)मा सार्वजनिक बिदा दिन आग्रह गरेका छन् । मन्त्री खाणले पनि आयोगका अध्यक्ष अन्सारको मागप्रति सकारात्मक जवाफ दिएका छन् ।

मुस्लिम समुदायले साउन ६ गतेका दिन बकर ईद मनाउँदै छन् । साउन ६ गते बिदा दिन अनुरोध गर्दै आयोगले गृह मन्त्रालयलाई पत्र समेत पठायसकेको छ ।

Published : Thursday, 2021 July 15, 9:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया