प्रधानमन्त्री देउवासँग भारतीय राजदूत क्वात्राद्वारा भेट, बधाइ र शुभकामना प्रदान
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले कार्यकालको शुभकामना दिएका छन् ।
देउवासँग बुढानिलकण्ठस्थित निवासमा बुधबार भेट गरेर राजदूत क्वात्राले प्रधानमन्त्री बन्न सफल भएकोमा बधाइ र शुभकामना दिएका हुन् ।
राजदूत क्वात्राले भनेका छन्, ‘नेपालको प्रधानमन्त्री बन्नु भएकोमा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यूलाई भारतको तर्फबाट बधाई छ ।’
‘भारत–नेपाल साझेदारी र साझा प्रगति र समृद्धिका लागि जनता–जनताको सम्बन्ध अझ गहिराउनको लागि काम गर्ने आशा गर्दछौं’, भारतीय राजदूतावासको ट्वीटमा उल्लेख छ ।
Published : Wednesday, 2021 July 14, 10:56 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया