वीपी उद्यानको जमीन मास्न खोज्नेलाई कांग्रेसले नछाड्ने, वीरगञ्जका भू–माफियाहरूलाई तनाब
काठमाडौं । नेपाली कांग्रेस पर्साले वीरगञ्जको घण्टाघरस्थित वीपी उद्यानमा रहेको जमीनलाई वीरगञ्ज महानगरपालिकाले जबरजस्ती ढलान गरेर मिचाह प्रवृत्ति देखाएपछि आक्रोश पोखेको छ ।
पर्सा कांग्रेसका सभापति अजयकुमार द्विवेदीले आइतबार विज्ञप्ति जारी गरेर वीपी उद्यानको जमीनमा अवैज्ञानिक तरिकाले बनाइरहेको भौतिक संरचनाको विरोध जनाएका हुन् ।
‘घण्टाघर, वीरगञ्जस्थित वीरगञ्ज महानगरपालिकाको स्वामित्वमा रहेको वीपी उद्यानको नाममा रहेको जग्गामा केहि दिनदेखि पार्कको मूल संरचनानै निर्माण नगरी, पार्किङ्ग एरिया मात्र भनेर महानगरपालिकाले अवैज्ञानिक तरिकाले जमीनमाथिको सतह ढलान गरिरहेको जनताको जनगुनासोप्रति नेपाली कांग्रेस पर्साको गम्भीर ध्यान आकृष्ट भएको छ’, विज्ञप्तिमा भनिएको छ ।
‘नेपाल सरकारले पार्क बाहेक अन्य कुनै प्रयोजनमा उपयोग गर्न नपाइने भनेर मालपोतको लालपुर्जामा समेत उल्लेख गरिएकोलाई बेवास्ता गर्दै वीरगञ्ज महानगरपालिकाले पार्कको संरचनानै ध्वस्त गर्न लागेको हो कि भन्ने जनमानसमा शंका उत्पन्न भएको छ’, सभापति द्विवेदीले भनेका छन् ।
‘वीपी उद्यानको नाममा रहेको सो जग्गामा पार्किङ्ग एरियाको नाममा भइरहेको ढलान निर्माण कार्य हाललाई रोक्दै सो पार्कको मुख्य योजना बनाएर मात्र पार्क तथा पार्कसँग सम्बन्धित अन्य संरचनाहरू वैज्ञानिक तरिकाले निर्माण गरिनुपर्छ’, पर्सा कांग्रेसले माग गरेको छ ।
‘सो कुरा जनतालाई पूर्णरुपमा आश्वस्त पार्नुपर्ने नेपाली कांग्रेस पर्साको स्पष्ट धारणा रहेको सम्बन्धित निकाय वीरगञ्ज महानगरपालिका लगायत सबैमा जानकारी गराइन्छ’, सभापति द्विवेदीले चेतावनी दिएका छन् ।
वीरगञ्ज महानगरपालिकाले वीपीको नाममा रहेको उद्यानको जमीनलाई कब्जा गरेर जथाभावी संरचना बनाएर आफू निकटका व्यक्तिलाई पोसाउने कार्य गरेपछि कांग्रेसले विरोध जनाएको छ ।
कांग्रेसले सार्वजनिक जमीनको संरक्षण माग गरेको छ । कांग्रेसले गलत कुराको जोडदार रुपमा विरोध गर्नुका साथै खबरदारी गर्ने गरेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया