भण्डारीजी एमालेको उपाध्यक्षबाट माथि उठ्नुस्, कीर्ते काम नगर्नुस्ः रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेका उपाध्यक्षबाट माथि उठेर संविधानको रक्षा गर्न अनुरोध गरेका छन् ।

कांग्रेस नेता खतिवडाले शुक्रबार बेलुका ट्वीट गर्दै भण्डारीलाई कीर्ते काण्डमा संलग्न नहुन सुझाव दिएका छन् । उनले राष्ट्रपति भण्डारीलाई आफ्नो पदको गरिमा बचाउन पनि आग्रह गरेका छन् ।

‘सम्मानित रास्ट्रपति ज्यू, तपाईंको प्रधानमन्त्रीसंग राम्रो सम्बन्ध छ’, उनले भने, ‘यो सबै नेपालीलाई जानकारी छ ।’

‘तर अहिले तपाईं नेकपा (एमाले)को उपाध्यक्ष विद्यादेवी भण्डारी मात्रै होइन’, खतिवडाले भने, ‘तपाईं नेपालको संविधानको संरक्षक पनि हो ।’

कांग्रेस नेता खतिवडाले भण्डारीलाई सचेत गराउँदै भनेका छन्, ‘कीर्ते काममा सहभागी नभई देशको राष्ट्रपति बनी संविधानको रक्षा गर्नुहोस् ।’

राष्ट्रपति भण्डारीलाई संविधान विपरितको कार्य गरेको भन्दै आलोचना भइरहेका बेला कांग्रेस नेता खतिवडाले भण्डारीलाई एमालेको उपाध्यक्षभन्दा माथि उठ्न आग्रह गरेका हुन् ।

ओलीको प्रधानमन्त्री पद बचाइदिन भण्डारीले पटक–पटक संविधान उल्लंघन र पदीय मर्यादा विपरितको कार्य गरेको आरोप छ ।

भण्डारीले बेलाबेला एमालेको आन्तरिक विवाद मिलाइदिन राष्ट्रपतिको कार्यालयमै बोलाएर वार्ता गर्ने र गराइदिने गरेकी छिन् ।

Published : Friday, 2021 May 21, 7:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया