झापामा कम्युनिस्टसँग भिडेर चारतारे झण्डा गाड्ने प्रसाइँ परिवारकी ‘खम्बा’को निधन
दमक । नेपाली कांग्रेसका नेता स्व.सीके प्रसाइँकी धर्मपत्नी गिरीराजकुमारी प्रसाइँको निधन भएको छ ।
प्रसाइँको मंगलबार उपचारका क्रममा गृहजिल्ला झापाको बिर्तामोडमा मंगलबार निधन भएको कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाइँले जानकारी दिइन् ।
गिरीराजकुमारीको बीएनसी टिचिङ हस्पिटल, बिर्तामोड, झापामा निधन भएको हो । बिक्रम संवत १९८८–०७–१७ गते जन्मिएकी गिरीराजकुमारीको निधन २०७७–१२–१० गते भएको केन्द्रीय सदस्य सरिता प्रसाइँले बताएकी छिन् ।
स्व.गिरीराजकुमारी प्रसाइँलाई कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, नेतृ सरिता प्रसाइँसहितका कांग्रेस नेता र शुभेच्छुकहरूले अन्तिम श्रद्धाञ्जलि समेत दिएका छन् ।
कांग्रेसलाई निर्माण गर्नमा स्व.सीके प्रसाइँको ठूलो योगदान छ । झापामा कम्युनिस्ट र राजावादीहरूको ठूलो दब्दवा रहेका बेला प्रसाइँ परिवारले कांग्रेसलाई बचाएको थियो ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा प्रसाइँ परिवारको योगदान ठूलो छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया