कांग्रेसले कम्युनिस्टहरूलाई ‘तोरीको फूल’ देखाउने

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री खड्गप्रसाद ओलीद्वारा संसद विघटन गरिएको विरोधमा पुस १३ गते देशभरि आन्दोलन गर्ने निर्णय गरेको छ ।

ललितपुरको सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पुस १३ गते १६५ प्रतिनिधि सभाको निर्वाचन क्षेत्रहरूमो विरोध प्रदर्शन गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

‘नेपाल कम्युनिष्ट पार्टीको केपी ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्धमा पुस १३ गते सोमबार १ सय ६५ संघीय निर्वाचन क्षेत्रमा क्षेत्रीय कार्यसमितिको आयोजनामा एकसाथ प्रदर्शन गर्ने निर्णय गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।

बिहीबारको बैठकमा उप–सभापति विमलेन्द्र निधि, केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले आ–आफ्नो धारणा राखेका थिए ।

सिंह र केसीले प्रधानमन्त्री ओलीद्वारा संसद विघटन गरेकोमा विरोध जनाएका थिए । उनीहरूले आन्दोलन गरेर निर्वाचन गर्नका लागि दवाव दिनुपर्ने धारणा राखेका थिए ।

Published : Thursday, 2020 December 24, 10:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया