चिनियाँ राजदूतद्वारा प्रचण्डसँग गोप्य भेट, नयाँ महासचिवमा चासो

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुटुक्क भेट गरेकी छिन् ।

नेकपा विभाजन भएको दुई दिनपछि राजदूत यान्छीले बिहीबार बिहान यान्छीले बखुमलटारमा दाहालसँग भेट गरेकी हुन् । भेटमा राजदूत यान्छीले नेकपाको विभाजन भएकोमा चिन्ता जनाएको स्रोतले जनाएको छ ।

पार्टी विभाजन भए पनि नेकपाको महासचिव मिलेर चयन गर्न राजदूत यान्छीले सुझाव दिएको उच्च स्रोतले जनाएको छ ।

प्रचण्डले नेकपाको महासचिव जनार्दन शर्मालाई बनाउन खोजेका छन् । माधवकुमार नेपालले वेदुराम भुसाल र झलनाथ खनालले आफ्ना साढुभाइ सुरेन्द्र पाण्डेलाई महासचिव बनाउन खोजेको चर्चा नयाँ नेकपाभित्र छ ।

प्रचण्ड र नेपालवीच महासचिव बनाउने विषयमा छलफल र परामर्शहरू भइरहेका बेला चिनियाँ राजदूत यान्छीले नयाँ नेकपाको महासचिवमा चासो दिएर हस्तक्षेप गर्न खोजेको भन्दै आलोचना भएको छ ।

स्रोतका अनुसार उनीहरूबीच बिहान ९ बजेदेखि आधा घन्टा कुराकानी भएको छ । उनीहरूबीच समसामयिक विषयमा पनि कुराकानी भएको जनाइएको छ ।

यसअघि पनि नेकपामा विवाद चुलिँदा राजदूत यान्छीको सक्रियता बढ्ने गरेको थियो ।

केही दिन अगाडि राजदूत यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शीतल निवासमा पुगेर भेटे गरेकी थिइन् । नेकपा विभाजन भएपछि चीनलाई तनाब भएको छ ।

Published : Thursday, 2020 December 24, 11:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया