ओलीलाई थापाको साथ, गुट पनि टुक्रियो

काठमाडौं । तटस्थ बसेका नेकपाका नेता एवम् गृहमन्त्री रामबहादुर थापाले आफूलाई प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपालाई साथ दिने अन्तिम तयारीमा छन् ।

प्रधानमन्त्री ओलीसँग बुधबार भेटवार्ता गरेका थापाले आफू निकटका नेताहरूसँग पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपालाई साथ दिन नसकिने जनाएको स्रोतले जनाएको छ ।

गृहमन्त्री थापाले ओलीलाई साथ दिन लागेको समाचारको उनको सचिवलयले पुष्टि भने गरेको छैन ।

नेकपाका लुम्बिनी प्रदेशसभा सदस्य आईपी खरेलले गृहमन्त्री थापासँग ओलीलाई साथ दिएर सँगै जान नसकिने बताएका छन् । बुधवार राति सामाजिक सञ्जाल फेसबुकमा खरेलले लेखेका छन्, ‘बादलजी सम्बन्ध तोडिन्न, तपाईसँग सति जान सकिएन । तपाईँको प्रगति होस् ।’

खरेलले बुधवार राति गृहमन्त्री थापाको सचिवालयबाट उनी प्रधानमन्त्री पक्षमा लागेको जानकारी आफूलाई दिइएको बताएका छन् ।

गृहमन्त्री थापानिकट अर्का नेता लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले थापाले ओलीलाई साथ दिन लागेको जानकारी पाएको बताएका छन् । केसीले आफू ओलीलाई साथ नदिने बताएका छन् ।

गृहमन्त्री थापानिकटका नेताद्वय देवप्रसाद गुरुङ र पम्फा भुसाल यसअघि नै प्रचण्ड समूहमा सहभागी भइसकेका छन् ।

Published : Thursday, 2020 December 24, 9:04 am

फेसबुकबाट तपाईको प्रतिक्रिया