नेकपा फुट्दा ‘मुर्छा’ पर्‍यो चीन, शीतल निवासमा सुटुक्क प्रवेश

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएकै दिन नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सुटुक्क भेटेकी छिन् ।

नेकपाभित्रको विवाद मिलाउन पटक–पटक चलखेल गर्दै आएकी चिनियाँ राजदूत यान्छीले मंगलबार साँझ राष्ट्रपति भण्डारीलाई शीतल निवासमा भेट गरेकी हुन् ।

चिनियाँ राजदूत यान्छीले राष्ट्रपति भण्डारीलाई नियमित र पूर्वतालिकाअनुसार भेटघाट गरेको शीतल निवासका एक कर्मचारीले बताएका छन् ।

नेकपाभित्र विवाद उत्पन्न भएर पार्टी विभाजन भएकै दिन राष्ट्रपति भण्डारीसँग चिनियाँ राजदूत यान्छीले भेट गरेकी छिन् ।

यसअघि नेकपाको आन्तरिक विवादका क्रममा यान्छीले छोटो अवधिमा नेकपाका शीर्ष नेताहरूसँग भेटवार्ता गरेकी थिइन् । पछिल्लो पटक यान्छीले नेकपाका केही मन्त्रीहरूसँग पनि भेटवार्ता गर्ने तयारी गरेको बुझिएको छ ।

नेपालको आन्तरिक राजनीतिमा चीनले पछिल्लो समय हस्तक्षेप गर्दै आएको छ । चिनियाँ राजदूत यान्छील आफूलाई खुला रुपमा नेपालका नेताहरूलाई भेट गरेर हस्तक्षेप गर्दै आएकी छिन् ।

चिनियाँ राजदूत यान्छीले नेपालको आन्तरिक राजनीतिक मामिलामा हस्तक्षेप गरेको भन्दै आलोचना हुँदै आएको छ ।

नेकपा विभाजित भएपछि सबैभन्दा ठूलो झड्का चीनलाई लागेको छ । चीनले नेकपालाई फुट्न नदिन दवाव दिँदै आएको थियो ।

Published : Wednesday, 2020 December 23, 8:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया