रामचन्द्र पौडेलका कुराले कांग्रेसको बैठकमा खैलाबैला, डरले थुरुरु

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच निर्वाचनमा जाने कि संसद पुनस्र्थापना गर्ने विषयमा विवाद देखिएको छ ।

सभापति देउवा निर्वाचनको पक्षमा छन् । पौडेल संसद पुनस्र्थापना गर्ने पक्षमा देखिएका छन् ।

मंगलबार सानेपामा बसेका केन्द्रीय कार्यसमितिको बैठकमा देउवा निकटका नेताहरूले निर्वाचनमा जानुपर्ने धारणा राखेका छन् । नेता पौडेलले निर्वाचनमा जान नहुने तर्क अगाडि सारेका छन् ।

नेता डा.नारायण खड्का र एनपी साउदले निर्वाचनको तयारीमा लाग्नुपर्ने धारणा राखेका छन् ।
खड्काले आन्दोनलमा जाने भए अन्तिम लक्ष्य निश्चित हुनुपर्ने बताएका छन् ।

नेता पौडेलले प्रधानमन्त्री केपी ओलीका असंवैधानिक कार्यको विरोध गरे । उनले निर्वाचनबाट पार्टी हौसिन नहुने धारणा राखेका छन् । उनले भने, ‘संविधान र लोकतन्त्र बचाउन नसकिए कांग्रेसको औचित्य के ?’

महेश आचार्यले वर्तमान व्यवस्थालाई नै खराब बनाउने कार्यमा प्रधानमन्त्री लागेको आरोप लगाएका छन् ।

सरकारका अकर्मण्यता र भ्रष्टचारका मुद्दा १६५ क्षेत्रमा पु¥याउनुपर्ने आचार्यले बताएका छन् ।
कांग्रेसको बैठक बुधबार पुनः बस्ने गरि सक्किएको छ ।

Published : Tuesday, 2020 December 22, 9:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया