ओलीको बोल्ड निर्णयसँगै औपचारिक रुपमा दुई फ्याक भयो नेकपा, नारायणकाजीको पद खोसियो

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष खड्गप्रसाद ओली समूहको बैठक सक्किएको छ ।

बालुवाटारमा मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकले महाधिवेशन आयोजक कमिटी गठन गर्ने निर्णय गर्दै स्थगित भएको हो । ओली समूहको निर्णयसँगै नेकपा आजदेखि दुई फ्याक भएको छ ।

ओलीले समूहको बैठकले महाधिवेशनको मिति पनि तोकेको छ । बैठकले २०७८ मंसिर २ गते महाधिवेशन गर्ने निर्णय गरेको छ ।

यसअघि २०७६ माघमा बसेको केन्द्रीय कमिटी र २०७७ असार–भदौमा बसेको स्थायी कमिटी बैठकले २०७७ चैतमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।


अर्को बैठक पुस ९ गते बस्नेछ । कुल सदस्य संख्या एक हजार १ सय ९९ हुने गरि महाधिवेशन आयोजक कमिटी बनेको छ । साविक कायम ४४७ जनामा ओलीले ५५६ जना मनोनित गरेका छन् । रिक्त १९६ जना पछि पूरा गर्ने बताइएको छ ।

ओली समूहको बैठकले पार्टीको प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएको छ । श्रेष्ठलाई प्रवक्ताबाट हटाएर प्रदीप ज्ञवालीलाई जिम्मेवारी दिइएको छ ।

ओली समूहको बैठकले महासचिव विष्णु पौडेलको सांगठनिक प्रतिवेदन पारित गरेको छ । महासचिव पौडेलद्वारा पेश भएको प्रतिवेदनलाई सर्वसहमतिमा पारित गरेको छ ।

उता, ओलीले प्रथम अध्यक्षको हैसियतमा सोमबार नै केन्द्रीय समितिको विस्तारको निर्णय नै गरेको खुलेको छ ।

ओली समूहले बोलाएको केन्द्रीय कमिटीको बैठकमा थपिएका केहि नयाँ अनुहार पनि देखिएका छन् । उनीहरू केन्द्रीय सदस्यको हैसियतमा उपस्थित भएका हुन् ।

कूल सदस्य संख्या एक हजार १९९ हुने गरि महाधिवेशन आयोजक कमिटी बनाइएको छ । साविक कायम ४४७ जनामा ओलीले ५५६ जना मनोनीत गरेका छन् । रिक्त १९६ जना पछि पूरा गर्ने बताइएको छ ।

मनोनीत सदस्यहरूलाई ओलीले शपथ ग्रहण गराएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिएका छन् ।

ओलीले विस्तार गरेको केन्द्रीय कमिटीमा निवर्तमान प्रतिनिधि सभा र वर्तमान राष्ट्रिय सभाका सदस्य स्वतः सदस्य हुने मापदण्ड बनाएका छन् ।

Published : Tuesday, 2020 December 22, 1:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया