ओलीले बालुवाटार बैठकबाट दाहाल–नेपाललाई दिए जिल पर्ने चुनौति

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष खड्गप्रसाद ओलीले १ हजार १ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गरेका छन् ।

बालुवाटारमा मंगलबर बसेको नेकपाको केन्द्रीय कमिटीको बैठकले नेकपाको ४ सय ४६ सदस्यीय कमिटीलाई बढाएर १ हजार १ सय ९९ सय सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाउने निर्णय गरेको हो । ओलीले केन्द्रीय कमिटीमा ५ सय ५६ जना नयाँ सदस्य थपेका छन् ।

ओलीले १ सय ९७ जनालाई पछि थप गर्नेछन् । नेकपा गठन हुँदा ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको थियो । पछि ५ जना थपिएको थियो ।

नेकपामा विवाद बढ्दै गर्दा ओलीले केन्द्रीय कमिटीलाई जम्बो बनाएका हुन् । पुष्पकमल दाहाल र माधव नेपाल समूहले आ–आफ्नो पक्षको भेला आयोजना गर्दै आएका छन् ।

बालुवाटारमा ओली पक्षको भेला बसिरहेको छ । प्रचण्ड–नेपाल समूहको भेला आजै दिउँसो १ बजे काठमाडौंमा बस्दै छ ।

Published : Tuesday, 2020 December 22, 12:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया