होइन भने सरकारविरुद्ध बिद्रोह हुन्छ

दशैँ घरघरमा प्रवेश गरेको छ । दशैँसँग कोरोना महामारीको तनाब पनि छ । सरकारले कोरोना संक्रमितका बिरामीसँग पैसा असुल्ने निर्णय गरेको छ । सरकारले कोरोनाका बिरामीको निःशुल्क उपचारबाट हाट उठाएको छ । यस्तो अवस्थामा जनता आफै सुरक्षित बस्नुको बिकल्प छन ।
सुरक्षित त बस्ने हो तर, भोको पेट भर्नाका लागि पनि घर बाहिर निस्कनुपर्ने बाध्यता छ । सरकारले कोरोना महामारीका बेला अति निम्त वर्गका लागि कुनै राहतको कार्यक्रम र योजना ल्याएको छैन । दशैँका बेला मजदुर र विपन्न परिवारहरूलाई झनै समस्या हुनेछ । स्थानीय तहहरूले पनि राहतका कार्यक्रम ल्याएको सुनिएको छैन ।
सरकार सबैतिरबाट नाङ्गिदै आएको छ । हरेक क्षेत्रमा असफल भइरहेको छ । जनताले सरकारसँग भरोसा गर्न छाडिसकेका छन् । अस्पतालहरूमा कोरोनाका बिरामीहरूको सहज रुपमा उपचार पनि हुँदैन । बोल्ने मान्छे नभएका कोरोनाका बिरामीको आवाज पनि सुनिदैन ।
यस्तो अवस्थामा झन् सरकारले निःशुल्क उपचार गर्न नसकिने निर्णय गरेको छ । सरकारलाई जनताले कर तिरेका छन् । जनताको करबाट सरकार चलेको छ । त्यही कर तिर्ने जनताको उपचार महामारीका बेला सरकारल निःशुल्क गर्न सक्दैन भन्छ ।
पैसा हुनेहरू आफै निजी अस्पताल खोजेर जान्छन् । सरकारले यो निर्णय गर्नै पर्दैन । सरकारी अस्पतालमा जाने भनेका गरिव र पैसा तिर्न नसक्नेहरू नै हुन् । अहिलेसम्मको तथ्याङ्क हेर्दा पैसा हुनेहरू काठमाडौंका नाम चलेका अस्पतालहरूमा भर्ना भएका छन् । उनीहरूले पैसा तिरेका छन् । जोसँग पैसा छैन ती व्यक्तिहरू सरकारी अस्पतालमा जाने गरेका छन् । सरकारले बिनाकुनै हिच्किचाहट कोरोना संक्रमित बिरामीहरूको निःशुल्क उपचार गर्नुपर्छ । परीक्षण पनि निःशुल्क गर्नुपर्छ ।
जनताले झण्डै दुईतिहाइको बहुमत दिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई विश्वास गरेर हो । महामारीका बेला जनताको उपचार निःशुल्क गर्ने बेला पैसा लिने निर्णय गर्नु कुनै पनि हालतमा ठीक होइन । पहुँचवालाहरूले निःशुल्क उपचार लिइरहेका छन् । पहुँच नहुनेवालाहरू मर्न बाध्य छन् ।
सरकारले आफ्नो दायित्वबाट पछाडि फर्कनु हुँदैन । कोरोनाको उपचार र परीक्षण निःशुल्क गराउनुपर्छ । सरकारको निर्णय गलत छ । यसलाई साथ दिन सकिदैन । बिरोधका आवाजहरू पनि आइरहेका छन् । सरकारले सबैको कुरा सुन्नुपर्छ । होइन भने सरकारविरुद्ध बिद्रोह हुन सक्छ ।
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया