“संविधान”

राजकुमार कार्की

देशको मूल कानुन नै हो नेपाल अधिराज्यको संविधान।
शब्दले मात्र हैन व्याकरणले पछ्याउनु पर्छ भन्नेहरू जान।।

नेपाली कांग्रेसको नेतृत्वमा नै बन्यो नेपालको गणतान्त्रिक संविधान।
बाधा अड्चन कहाँबाट के के आयो सुशील दा नै जानुन।।

एउटा मात्र संविधान बनाउन दुई दुई कार्यकाल नै खायो।
माननीय सदस्यहरु दुई मिनेट समय दिन्छुभन्दै समय खेर गयो।।

सुशील दा एकपटक तिम्रो नेपाली जनताले मानेकै छन आँट
दुई दुई प्रधानमन्त्री भए संविधान बनाउन कसैले गरेनन् छाँट।।

आफैं संबैधानिक समितीमा रहि फेरि किन संविधान जलाए।
आफू अनुकूल भएन भनी बेलाबेलामा संविधानका धाराहरू चलाए।।

दुई हजार बहत्तर साल असोज तीनमा, घोषणा भयो आजकै दिनमा।
राष्ट्रपतिले लाल मोहोर लगाए सुशील दाले दबाव सब भगाए।।

सुशील दाको नेतृत्वमा देशले उत्कृष्ट संविधान नै पायो ।
नेताहरूलाई नाताबाद र कुर्सी , जनताले त केवल आलु नै खायो ।।

मस्यौदा समितीमा रहि संविधान बनाउन कृष्ण प्रसाद सिटौलाको ठूलो छ हात ।
देशले राम्रो संविधान पायो, सबै सभासदहरूको पाएर साथ ।।

देशमा गणतन्त्र ल्याउन राजदबारको नि ठूलो छ हात।
संविधान विफल बनाउन देशीविदेशीले खोजेको सुशील दाको साथ।।

संविधानमा कहाँ कता कता के के लेखेका छन् ।
नेतृत्वले त केवल म मेरा मेरो मेरी मात्र देखेका छन् ।।

मधेसले भन्दैछ संविधानमा सबैको अपनत्व दिलाउ।
कहाँ के के परिवर्तन गर्नु पर्दछ सब एकता भएर मिलाउ।।

नेपाली जनता परिवर्तनका वाहक हुन सोचेर हेर।
अझै त समय बाँकी छ बेलैमा सच्चिएर एक फेर।।

धन्यवाद ।

Published : Tuesday, 2020 October 13, 10:39 am

फेसबुकबाट तपाईको प्रतिक्रिया