बामदेवभन्दा म हजार गुणा याेग्य छु

हेम खड्का

म यो व्यवस्था मै पनि लोकसेवा लड्न तयार छु । राष्ट्रियसभामा म पनि जान चाहान्छु । देश बनाउनका निम्ति यदि राष्ट्रिय सभामा बामदेवको खाँचो हो भने, यदि बामदेवबिना नै यो सरकार अपुरो भएको हो भने, बामदेवसंग राष्ट्र निर्माणको खाका के छ ? कहाँ छ त्यो अल्गोरिदम र फ्लोचार्ट ? खै त्यो नीति योजना कार्यक्रम ? खै त्यो निर्देशिका जसमा यो देशको खाका कोरेको होस्, उनीभन्दा म कयौं गुणा योग्य छु ।

मैले ७६१ ओटै स्थानीय सरकारमा जनतन्त्र र जनजीविकाको सवाल मात्रै हैन त्यसको डीपीआर कोरेर पठाएको छु । त्यो समाजवादको प्ररम्भीक आधार बन्न सक्नेछ । प्रधानमन्त्रीज्यू, तपाईंको सचिवालयलाई समेत मैले आफ्नो बोधार्थ पठाएको थिए । तपाईंले पाउनुभएन मलाई थाहा छ ।
किनकि त्यहाँ तपाईंका आसेपासे, बिचौलिया र ठेकेदार मोटाउने कुनै सम्झौता मसँग थिएन । यति कमिसन आउँछ भन्ने कुनै प्रतिबद्धता थिएन । यतिको सेटिङ्गमा यति फाइदा भन्ने हिसाबको फाइल थिएन ।

त्यहाँ समानताका आधारमा राज्य संरचनाका आधारमा बिकेन्द्रीकरण राज्यको सेवासुबिधाको बितरण प्रणाली थियो । त्यो वैज्ञानिक समाजवाद उन्मुख थियो । त्यसैले न तपाईं न तपाईंको सचिवालय न दलाल भ्रष्ट र कमिसन र घुस्याहाका घेराभित्र रहेका तपाईंका स्थानीय सरकार कसैले हेर्न त के सुन्न समेत तयार थिएनन् ।

प्रधानमन्त्री ज्यू,

आज देशका लागि आवश्यक सांसद, मन्त्री योग्यता दक्षता र क्षमता भएका खोजीरहेको अवस्था हो । म पनि यो देशको नागरिक हो । म पनि कम्युनिस्ट पार्टी कै कार्यकर्ता हो ।

तर, बामदेवभन्दा म हजारौं गुणा योग्य छु । म ३५ वर्षको जुझारु युवा हुँ । बामदेवले भन्दा बढी पढेको छु । अझै सुन्ने हिम्मत राख्नुस बामदेवको भन्दा बढी राजनीतिक अनुभव छ ।

किनकि मैले मोहनबिक्रम सिंहदेखि आजका युवा क्रान्तिकारीको नेता विप्लवसम्मको स्कुलिङ्ग पाएको छु । क्रान्ति देखेको छु । उच्च तहमा रहेका राजनीतिक पात्रहरू चिनेको छु । तिनीहरूको प्रवृत्ति हेरेको छु । आफैंले फेरेको व्यवस्थाम आफैं रुँदै हिड्नु परेको पीडित अनुहारहरू देखेको छु । हरेक उमेरको एकखण्डमा नयाँ युगको खुड्किलो टेकेको छु ।

म टेस्टेड लिडर हैन । मसंग नयाँ ताजा जोश र जाङ्गर छ । देश बनाउने सपना छ । असम्भव बस्तुको समेत आफ्नै देशमा उत्पादन गर्ने दृढता छ । उत्पादन असम्भव बस्तु मात्रै आयातित गरेर नेपालको अर्गानिक उत्पादन निर्यात गर्ने प्लान छ ।

४७ सालअघिका उच्च अहोदाका र पछिका सबै राष्ट्रसेवक र सबै नागरिकको तथ्याङ्क डिजिटलाईज प्रबिधिमा राख्ने र अबैध सम्पत्ति सिधै राष्ट्रियकरण गर्ने प्रणालीको विकास गर्ने क्षमता छ ।

भड्किलो चुनाव, केन्द्रीकृत, अधिनायकवाद, दलाल पुँजीवादी, साम्राज्यवादी ठेकेदार, भ्रष्ट व्यवस्थालाई ध्वस्त बनाएर जनताको सत्ता स्थापना गर्ने नयाँ विकल्प छ ।

धर्म, जात, पेशा, वर्ग, लिङ्ग, क्षेत्र र पहुँचमा आधारित बितरण प्रणाली ध्वस्त पारेर समानताको बितरण प्रणालीको विकास गर्ने कोड अफ कण्डक्ट छ ।

यति कुरा तपाईंसंग पनि छ । कार्यन्वयन गर्ने क्षमता राख्नु हुन्छ भने म तपाईका लागि यो पद छोड्न नि तयार छु । किनकि मैले थिति र प्रणाली खोजीरहेको छु । जसले सिङ्गो मानव जातीको रक्षा गर्न सकोस । राज्य प्रणालीका हरेक वितरण समानताका आधारमा हुन सकोस ।

नत्र उहीँ पुरानै हैकमवादी सरकार भड्किलो रबाफ, भ्रष्ट र कमिसनखोरको सर्कल, बोचौलियाका ठेकेदार बन्ने तपाईंलाई न बधाई न शुभकामना, खबरदारी रहनेछ, जनताको सत्ता आएको बखत तपाईंका छोराछोरी र आफ्ना आफन्तले अहिले तपाईंले गर्नु भएको एकएक बिचलनको हिसाब चुक्ता गर्नुपर्ने छ । यो कुराको हेक्का राखेर कार्य सम्पादन गर्नुहोला ।

मैले यो पुस्तालाई विवेकको नेतृत्व दिन सकिन तपाईंहरू जस्तो पदिय लोलुपता र भाग बण्डा मिलाउने मिलेरावादको झुण्डलाई कम्युनिस्टहरू भनिरहे भने आउने पुस्ताले मलाई के भन्लान् मैले के जवाफ दिने भन्ने कुरामा म सचेत छु । सचेतनाको आगो ओकली रहनेछु । धन्यवाद ।

Published : Friday, 2020 September 4, 6:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया