कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी खतिवडा गृह मन्त्रालय तानिए

महेन्द्रनगर । गृह मन्त्रालयले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडालाई फिर्ता बोलाएको छ ।

जिम्मेवारीअनुसार सन्तोषजनक काम गर्न नसकेको भन्दै मन्त्रालयले खतिवडालाई फिर्ता बोलाएको हो ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी खतिवडालाई गृह मन्त्रालयमा सरुवा गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

कञ्चनपुरको नयाँ प्रमुख जिल्ला अधिकारीमा रामकुमार महतोलाई पठाउने निर्णय भएको प्रवक्ता बुढाले बताए ।

खतिवडा कञ्चनपुरबाट सात महिनामा सरुवा भएका छन् । गौरीफन्टा नाका कञ्चनपुरको प्रशासनिक नियन्त्रणमा ल्याएपछि खतिवडा विवादमा परेका थिए ।

Published : Thursday, 2020 September 3, 7:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया