ललितपुरमा दुई पटक झडप, स्थानीय युवाले ट्राफिक प्रहरीलाई कुटे
पुल्चोक । ललितपुर जिल्लाको पुल्चोकमा मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा दुई पटक झाडप भएको छ ।
बिहीबार स्थानीय युवाहरू र प्रहरीबीच पटक–पटक झडप भएको हो । झडपमा प्रहरी र प्रदर्शनकारीहरू घाइते भएका ललितपुर प्रहरीले छन् ।
रातो मत्स्येन्द्रनाथ रथयात्राबारे सरकार गम्भीर नभएको भन्दै पाटनबासीले बिहीबार दिउँसो पुल्चोकमा भेला भएर विरोध प्रदर्शन गर्ने क्रममा झडप भएको थियो ।
निषेधाज्ञाका बाबजुद रथ तानेको भन्दै प्रहरीले रोकेको थियो । रथ तान्न रोकेपछि युवाहरू र प्रहरीबीच झडप भएको छ ।
प्रहरीले भीडलाई तितरबितर पार्न पानीको फोहोरा र अश्रुग्यास प्रयोग गरेको जनाइएको छ ।
स्थानीय युवाले रथ तान्न अवरोध गरेको भन्दै प्रहरी टोलीमाथि ढुंगामुढा प्रहार गरेका थिए ।
युवाहरुले आफैं रथ तानेर पुल्चोकबाट धमाःफल्चा पाटीसम्म पु¥याएका थिए । दोस्रो पटक पुनः आक्रोशित युवाहरूले प्रहरीमाथि ढुंगा प्रहार गर्न थालेपछि झडप भएको थियो ।
प्रदर्शनकारीले एक जना ट्राफिक प्रहरीले लखेटी लखेटी कुटपिट गरेका छन् । ती ट्राफिक प्रहरीको स्थानीय अस्पतालमा उपचार भएको छ ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया