उद्योग तथा व्यापारको माग सम्बोधन गर्न कांग्रेसको उद्योग विभागको माग

काठमाडौं । नेपाली कांग्रेस उद्योग तथा व्यापार विभागले महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणले उद्योगहरू तथा व्यापार धरासायी भएको भन्दै माग सम्बोधन गर्नुपर्ने जनाएको छ ।

विभागका संयोजक एवम् कांग्रेस केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठको सभापतित्वतमा बसेको जुम बैठकले उद्योग वाणिज्य क्षेत्रमा परेको असरलाई सरकारले तुरुन्त सम्बोधन गर्नुपर्ने गरेको हो ।

‘नेपाललाई पनि आक्रान्त बनाएको छ । नेपालमा पनि संक्रमणको दर बढ्दो रुपमा देखिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘देशको आधाभन्दा बढी भू–भागमा यतिबेला लकडाउन देखि निषेधाज्ञा जारी रहेकोले नागरिकको जीवन कष्टकर बन्दै गएको छ ।’

‘सरकारद्वारा गरिएको लकडाउन र निषेधाज्ञाका कारण उद्योग तथा व्यापार क्षेत्रले आर्थिक रुपमा ठूलो क्षति बेहोर्न परेको छ’, विज्ञप्तिमा उल्लेख छ ।

‘थुप्रै उद्योगधन्दा तथा व्यापार व्यवसायको क्षेत्र बन्द हुने परिस्थितिमा समेत पुगिसकेका छन्’, संयोजक श्रेष्ठले भने, ‘कोभिड १९ ले उद्योग व्यवसायमा पारेको प्रभाव र यसको समाधानका विषयमा आजको बैठकमा छलफल भएको थियो ।’

बैठकले चाडै नै उद्योग व्यवसायको क्षेत्रमा रहेका विभिन्न संघ संस्था तथा विभिन्न व्यक्तिहरूसँग छलफल गर्ने समेत निर्णय गरेको छ ।

Published : Wednesday, 2020 September 2, 10:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया