सिन्धुपाल्चोकमा सभामुख सापकोटाका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश, बस्नेतद्वारा स्वागत

बाह्रबिसे । सिन्धुपाल्चोक जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ एवम् तत्कालीन माओवादीकी वडा सदस्य सरला भण्डारी नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् ।

बाह्रबिसे नगरपालिका– २ कर्थलीमा बुधबार आयोजित कार्यक्रममा नेकपा र राप्रपाका नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले उनीहरूलाई पार्टी प्रवेश गराएका थिए ।

राप्रपाका धनसिङ तामाङ, माओवादीकी महिला वडा सदस्य सरला भण्डारी, एमालेका वडाध्यक्षको छोरा निलबिक्रम भण्डारीलगायत दुई दर्जनभन्दा धेरै नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् ।

सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट अग्नि सापकोटाले तत्कालीन माओवादीको तर्फबाट जितेका थिए । सापकोटा हाल प्रतिनिधि सभाका सभामुख छन् ।

सापकोटाले काम गर्न नसकेको भन्दै नेकपाका नेता तथा कार्यकर्ताहरूले पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेका हुन् ।

Published : Wednesday, 2020 September 2, 9:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया