चितवनमा कम्युनिस्ट पार्टीका संस्थापक चापागाइँको कोरोनाबाट मृत्यु
भरतपुर । चितवन जिल्लामा कोरोनाभाइरसको संक्रमणबाट पुराना कम्युनिस्ट नेताको मृत्यु भएको छ ।
चितवनमा कम्युनिस्ट पार्टीका संस्थापक मध्येका एक शोभाखर चापागाइँको कोरोना संक्रमणबाट सोमबार निधन भएको हो ।
भरतपुर महानगरपालिका वडा नम्बर ६ गीतानगर केशरबागका चापागाइँको ७८ वर्षको उमेरमा भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
उनलाई उपचारका लागि साउन २७ गते चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो ।
कोरोना संक्रमण देखिएपछि भदौं ७ गते भरतपुर अस्पतालमा भर्ना गरिएको थियो ।
विक्रम संवत २०३४ सालमा नेकपा कोअर्डिनेशन केन्द्र चितवन गठन गरी चापागाइँ कम्युनिस्ट आन्दोलनमा सक्रिय भएका थिए ।
Published : Monday, 2020 August 31, 11:45 am
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया