गीतकार अधिकारीकी आमाको निधन
काठमाडौं । कवि तथा गीतकार युवराज अधिकारीकी आमा इन्दिरादेवी अधिकारीको निधन भएको छ ।
भदौ २ गते झापाको बिर्तामोडस्थित मनमोहन अस्पतालमा इन्दिरादेवी अधिकारीको ८५ वर्षको उमेरमा निधन भएको हो । इन्दिरादेवीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
मातृशोकमा परेका अधिकारी गीतकार संघ नेपालका आजीवन सदस्य समेत हुन् ।
गीतकार अधिकारी, उनका दाई पूर्वप्रशासक मुकुन्द अधिकारीसहित परिवारका सदस्यहरू झापाको बुधबारेस्थित निवासमा १३ दिनको संस्कारमा रहेको छ ।
Published : Thursday, 2020 August 27, 2:47 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया