भोटेकोशीमा लायन्स क्लवद्वारा ६० घरलाई राहत प्रदान

भोटेकोशी । सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकाका ६० घर परिवारलाई लायन्स क्लक अफ काठमाडौंले खाद्यान्न सहयोग गरेको छ ।

बाढीपहिरोमा परी बिस्थापित स्थानीयलाई क्लवले सहयोग गरेको हो । उनीहरूलाई चमल, दाल, नुन, तेल, चिनी, साबुन लगायतका आवश्यक खाद्य सामग्री सहयोग गरिको लायन्स क्लव अफ काठमाडौंकि गेल्मु बुढाथोकी शेर्पाले बताइन् ।

‘हामीले क्लबका साथीहरू मिलेर सहयोग गरेका हौँ’, उनले भनिन्, ‘पीडित परिवारलाई केही राहत मिलोस् भन्ने उद्देश्यले ब्यक्तिगत रकम उठाएर सहयोग गरेका छौँ ।’
उनले बाटोको समस्याका कारण राहत ल्याउन ढिलाइ भएको बताइन् ।

राहत पाएका स्थानीयहरूले खुसी व्यक्त गरेका छन् । उनीहरूले बसोबासको व्यवस्थाका लागि माग गरेका छन् ।

Published : Wednesday, 2020 August 12, 11:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया