महरा–बास्कोटाको सभामुख र मन्त्री पद चिप्ल्याइदिने शिवाकोटीद्वारा आर्थिक सहयोग

काठमाडौं । नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले स्व.तेजबहादुर खड्काको स्मृति आर्थिक सहयोग गरेका छन् ।

महासचिव शिवाकोटीले मंगलबार अक्षयकोषमा १० हजार १ सय ११ रुपियाँ आर्थिक सहयोग गरेका हुन् । स्व.खड्काको स्मृतिमा नेपाल प्रेस युनियन डोटी शाखाले अक्षय कोष स्थापना गरेको थियो ।

बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय स्थलको रिपोर्टिङ्ग गरेर फर्किने क्रममा पत्रकार खड्का बेपत्ता भएका थिए ।

बेपत्ता भएका खड्काको तीन वर्षपछि कंगाल भेटिएको थियो । डीएनए र घटनास्थलमा भेटिएका सामग्रीको आधारमा खड्काको मृत्यु भएको पुष्टि भएको थियो ।

प्रेस युनियनले घटना शंकास्पद भएकाले सरकारसंग घटनाको गहिरो छानविन गरी मृत्युको कारण पत्तालगाउन र मृतकका परिवारलाई राहतको व्यवस्था गर्न माग गर्दै आएको छ ।

युनियनले स्व. युनियनका संस्थापक अध्यक्ष खड्काको स्मृतिमा अक्षयकोष स्थापना गरी विभिन्न व्यक्ति संघ संस्थाहरूसंग सहयोग आह्वान गरेको शाखाका अध्यक्ष प्रकाश बमले जानकारी दिएका छन् ।

स्व. खड्का लामो समय रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र दिपायलमा कार्यरत थिए । उनि लोकप्रिय कार्यक्रम प्रस्तोता थिए । पछिल्लो समय उनि बाजुरामा रहेको रेडियो बुढीनन्दा एफएममा कार्यरत थिए ।

महासचिव शिवाकोटी हाम्राकुरा डटकमका प्रधान सम्पादक पनि हुन् । उनै शिवाकोटीले तत्कालीन सभामुख कृष्णबहादुर महरा र रोशनी शाही यौनदुर्व्यवहारको काण्ड सार्वजनिक गर्दा महराले सभामुख पद गुमाउनु परेको थियो । महराले काठमाडौं जिल्ला अदालतबाट सफाइ पाए पनि उच्च अदालत पाटनमा सो मुद्धा विचाराधीन छ ।

शिवाकोटाले खड्गप्रसाद ओलीका सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाको ७० करोड कमिशनको अडियो टेप सार्वजनिक गरेर मन्त्री पद खाइदिएका थिए ।

Published : Wednesday, 2020 August 12, 10:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया