काठमाडौंमा कोरोनाले भीभीआईपीलाई पनि छाडेन

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाभाइरसको संक्रमण बढिरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई संक्रमण भएको छ ।

मंगलबार घिमिरेलाई कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । घिमिरेका ड्राइभर र पछुवा गाडीमा हिँड्ने सात प्रहरीलाई पनि कोरोना पुष्टि भएको थियो ।

त्यो दिनदेखि घिमिरे कार्यालय आएका छैनन् । प्रमुख आयुक्त घिमिरे घरमा आइसोलेसनमा बसेका छन् । अहिलेसम्म अख्तियारमा घिमिरेसहित ४१ कर्मचारीलाई कोरोना संक्रमण भएको छ ।

अख्तियारका अरू ३ सय ५० जनाको पनि स्वाब परीक्षणका लागि पठाइएको छ ।

Published : Tuesday, 2020 August 11, 8:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया