अष्ट्रेलियामा नेपाली विद्यार्थीको मृत्यु

एडिलेड । अष्ट्रेलियमा एकजना नेपाली युवकको मृत्यु भएको छ ।

एडिलेडमा २७ वर्षीय नेपाली युवा मृत अवस्थामा फेला परेका हुन् । सन् २०१५ मा विद्यार्थीका रूपमा अस्ट्रेलिया आएका उनी सन् २०१८ मा सिड्नीबाट एडिलेड गएका थिए ।

ती युवक आइतबार आफ्नै घरको ग्यारेजमा मृत अवस्थामा भेटिएको प्रहरीलाई उदृत गर्दै दक्षिण अस्ट्रेलियाका लागि अवैतनिक महावाणिज्यदूत दीपक धमलाले जानकारी दिएका छन् ।

साथीभाइले उनले आत्महत्या गरेको आशङ्का गरेका छन् । प्रहरीले प्रारम्भिक अनुसन्धानपछि शवलाई पोष्टमार्टमका लागि पठाएको छ ।

Published : Tuesday, 2020 August 11, 8:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया